राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

76
Shares

काठमाडौँ, ८ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा रत्नमणि गजुरेलद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था हाल सामान्य रहेको उल्लेख छ ।

यसअघि गत मंगलबार राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि चिकित्सकको सल्लाह अनुसार स्थायी प्रेसमेकर राखिएको थियो ।

राष्ट्रपति पौडेल गत शनिबार (असार २ गते) देखि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *