भेरी अस्पतालमा सकियो रेबिजविरुद्धको खोप, उपचार प्रभावित

72
Shares

काठमाडोँ, ८ असार । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ ।

अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन् ।

प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए ।

उनका अनुसार, गत जेठ २८ गतेनै अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकिनेबारे बिरामीको जानकारीको लागि सूचना टाँस गरिएको छ । भेरी अस्पतालमा उक्त खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् ।

अस्पतालमा भ्याक्सिन सकिएकाले बिरामीले बाहिरबाट किनेर ल्याएपछि लगाइदिने गरेको स्वास्थ्यकर्मी कृष्णबहादुर बुढाथोकीले जानकारी दिए । भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सय जनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका बुढाथोकीले बताए ।

एउटा सुई दुई बिरामीलाई लगाइन्छ । अस्पतालमा निःशुल्क मिल्ने खोप अस्पताल बाहिर बिरामीले रु छ सयसम्ममा खरिद गर्न बाध्य भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *