कर्णालीमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै

48
Shares

काठमाडौँ, ७ असार । कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो ।

फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो ।

कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा। शंकर रिजालले जानकारी दिए ।

उनले प्रयोगशाला सञ्चालनको लागि बजेटको सुनिश्चित भइनसकेको जानकारी दिँदै कर्णालीमा आयुर्वेद औषधिलाई मापदण्डअनुसार बनाउन आवश्यक रहेकामा जोड दिए । ‘हामीले आयुर्वेद फार्मेसी सञ्चालनको लागि अन्तिम तयारी गरिरहेका छौँ, त्यसको लागि औषधि त मापदण्डअनुसार हुनुपर्यो भनेर प्रयोगशाला सञ्चालन गर्दै छौँ । तर बजेट भने सुनिश्चित भइसकेको छैन ।’

यसैबीच, कर्णालीमा नागरिकको आयुर्वेदप्रति आकर्षण बढ्दै गएको छ । चालु वर्षको जेठ सम्मको तथ्यांकलाई हेर्दा २५ हजार तीन सय ८१ जनाले सेवा लिएका छन् । गत वर्षको तुलनामा यो सङ्ख्यामा वृद्धि भएको हो ।

सेवा लिनेमा पुरुषभन्दा महिला धेरै रहेको देखिएको छ । डाक्टर रिजालका अनुसार नशा, बाथ, ग्याष्ट्रिक, पायल्स, फिस्टुला लगायतका समस्या लिएर बिरामी आउने गरेका छन् ।

अस्पतालमा कर्णाली प्रदेशमै पहिलो पटक च्यावनप्रास समेत उत्पादन गर्ने गरेको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *