चीनमा ४ महिना उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

96
Shares

काठमाडौँ, १ असार । नेकपा (माओवादी केन्द्र)उपमहासचिव वर्षमान पुन चीनबाट ४ महिना उपचार गराएर आज स्वदेश फर्किएका छन् ।

पुनलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन्। नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् ।

पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । पुन पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन गएका थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *