चीनमा ४ महिना उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

96
Shares

काठमाडौँ, १ असार । नेकपा (माओवादी केन्द्र)उपमहासचिव वर्षमान पुन चीनबाट ४ महिना उपचार गराएर आज स्वदेश फर्किएका छन् ।

पुनलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

पुन चिनियाँ सहर छेन्दुबाट एयर चाइनाको नियमित उडानमार्फत् शुक्रबार नेपाल आएका हुन्। नेता पुन स्वास्थ्यमा पूर्ण सुधार भएपछि नेपाल फर्किएका हुन् ।

पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् । पुन पत्नी ओनसरी घर्तीलाई लिएर गत फागुन १ गते चीन गएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *