प्रेमसागरलाई रक्तदाता सम्राटको उपाधि

36
Shares

काठमाडौँ, १ असार । नेपालमै सबैभन्दा बढी पटक रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कमाचार्यलाई रक्तदाता सम्राटको उपाधि दिइएको छ ।

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिको आयोजना र नेवाः देय् दबू महालक्ष्मी कचाः को सह आयोजनामा भएको कार्यक्रममा कर्माचार्यलाई सो उपाधी दिइएको हो ।

कर्मचार्यले अहिलेसम्म १७४ पटक रक्तदान गरेका छन् ।

उनलाई ५ फिट ९ ईन्चको कलात्मक बिभूषण पत्र वडा अध्यक्ष धर्म महर्जन र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले प्रदान गरेका थिए ।

सो अवसरमा रक्तदान जागरण गीतको समेत विमोचन गरिएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *