डेंगु संक्रमणबाट जोगिन अपनाउँ यी उपाय

बिगतका २ वर्षमा नेपालमा डेंगु संक्रमण अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने बताइएको छ । बिगत चार/पाँच महिना अगाडिसम्म पनि हामीले डेंगुको ठूलो प्रकोप बेहोर्यौँ । अहिले पानी पर्न सुरु भएको छ । यो मौसममा हामी बढी सचेत र सजग हुनुपर्छ ।
डेंगु भाइरसबाट लाग्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको सहायताबाट सर्ने रोग हो । त्यसैले लामखुट्टेको वृद्धि तथा विकासलाई नियन्त्रण गर्न नसक्दासम्म डेंगु रोकथाम र नियन्त्रण गर्न गाह्रो हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण गर्न हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान संचालन गर्न आग्रह समेत गर्दै आएको छ ।
त्यसैले डेंगुबाट बच्न निम्न उपायहरु अपनाउँ :
डेंगुका लक्षणहरु :
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५-७ दिनसम्म रहन सक्छ । ज्वरोको साथसाथै निम्न लक्षणहरु पनि देखा पर्दछन् :
- असाध्यै टाउको दुख्ने ।
- आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
- ढाड जोर्नी तथा मांसपेशीहरु दुख्ने ।
- शरीरमा विमिरा आउने ।
- वाक्वाकी लाग्ने वान्ता हुने पेट दुख्ने नाक वा गिजाबाट रगत बग्ने
- रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने बेहोश हुने आदि जटिल लक्षणहरु पनि देखा पर्न सक्छ ।
रोकथामका उपायहरू :
- पानी जम्न सक्ने भाँडाहरु जस्तैः गमला फुलदानी खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लास्टिकको बोतल तथा भाडा, आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
- पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
- फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्नुपर्छ ।
- दिउँसो बाहिर टोक्ने हुँदा दिउँसो बस्दा पनि प्रायः पूरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनु पर्छ।
- सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छस साथै साना केटा केटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनु पर्छ ।
- घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
- घर वरिपरि सफा सुग्घर राख्ने पानी जम्ने खाल्टाखुल्टी पुर्ने गर्नुपर्छ ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

