पश्चिम तराईमा आउँदो २४ घण्टा उच्च गर्मी हुने, सतर्क रहन आग्रह

52
Shares

काठमाडौ, ३० जेठ । देशका मध्य तथा पश्चिम तराईका भू–भागमा आउँदो २४ घण्टा अत्याधिक गर्मी हुने सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी, वाग्मती, गण्डकी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहँदा मध्य तथा पश्चिम तराईमा भने गर्मी यथावत् रहने भएको हो।

गर्मीबाट हुन सक्ने जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्क रहन विभागले आग्रह गरेको छ। आज बिहान कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

कोसी तथा वाग्मती प्रदेशका केही स्थानमा साथै मधेस र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *