राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन ५० हजार घुस लिँदै गर्दा पक्राउ

काठमाडौँ, २६ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ परेका छन् ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई ५० हजार रुपैयाँ घुससहित शंखमुल क्षेत्रबाट पक्राउ गरेको हो ।

भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *