आगामी बर्ष सरकारी सेवामा दरबन्दी थप नहुने

644
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक बर्षमा सरकारी सेवाका लागि दरबन्दी थप नगर्ने बताएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा प्रकाश शरण महतले सो जानकारी दिएका हुन् ।

गत ५ जेठमा प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा सञ्चालन हुने भनिएको थियो । बजेटमा दरबन्दी थप नहुने बताइएपछि सेवा विस्तार कसरी गर्नेमा थप अलमल हुने देखिएको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरुले स्वास्थ्य सेवाका लागि दरबन्दी न्युन रहेको बताउँदै आएका छन् । उनीहरुले यहि दरबन्दीबाट सेवामा चुस्तता आउन नसक्ने ठोकुवा गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *