स्वास्थ्य मन्त्री बस्नेतले जेनेभामा पनि उठाए सुर्तीजन्य पदार्थमा कर बढाउने कुरा

काठमाडौँ, ११ जेठ । स्वास्थ्य मन्त्रीमा नियुक्त भए देखि नै सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर बृद्धि गर्ने घोषणा गर्दै आएका मोहनबहादुर बस्नेतले स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको ७६ औँ विश्व स्वास्थ्य सभाको बैठकमा समेत सोही कुरा दोहोरयाएका छन् ।

बुधबार सभामा नेपालका तर्फबाट सम्वोधन गर्ने क्रममा उनले विशेषत सुर्ती तथा मदिराजन्य पदार्थमा कायम करको दरलाई बृद्धि गर्ने घोषणा गरे । उनले बढेको करको दरबाट आउने आन्दानीले जोखिम अवस्थामा रहेका विपन्न नागरिकको सहज स्वास्थ्य उपचारका लागि सहयोग हुने बताए ।

नेपालमा अहिले पनि सुर्तीजन्य पदार्थमा करको दर ३१ प्रतिशतको हाराहारीमा रहेको छ । दक्षिण एशियाली देशहरुमा नेपाल सबै भन्दा कम करको दर हुने देशमा पहिलो हो ।

यस्तै उनले टाइफाइड सहित अरु विभिन्न रोगविरुद्धका खोपहरुमा विश्व स्वास्थ्य संगठनले गरिरहेको सहयोगको प्रशंसा गर्दै त्यो सहयोगलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए । यस्तै क्षयरोग र किटजन्य रोगको अत्य गर्ने कार्यमा समेत विश्व स्वास्थ्य संगठनको सहयोग जरुरी रहेको बताएका थिए ।

सोही विषय उल्लेख गर्दै डब्लुएचओका महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयसस टीटरमा नेपाली टिमसंगको भेटघाटको तस्विर शेयर गरेका छन् । उनले नेपालले ७६ औँ महासभामा व्यक्त गरेको कुरालाई हाइलाइट गर्दै त्यसलाई पुरा गर्नका लागि डब्लुएचओ सहयोगी बन्ने समेत बताएका छन् ।

गत शनिबार जेनेभा प्रस्थान गरेका मन्त्री बस्नेतको नेतृत्वमा छ सदस्यीय टोली छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *