स्वास्थ्यकर्मी माथिको दुव्यर्वहार स्वीकार्य छैन् : राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ

काठमाडौँ १० जेठ ।  राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्सहरुमाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने गरि भएको क्रियाकलापको विरोध गरेको छ ।

उसले दुई घटनामा पिडीत नर्स तथा स्वास्थ्यकर्मीको पक्षमा भएको आन्दोलनलाई समर्थन गरेको समेत जनाएको छ । संघले दुबै घटनामाथि तुरुन्त छानविन गरी दोशीमाथि कारवाही गर्न समेत जोडदान माग गरेको छ ।

क्यान्सर अस्पताल भरतपुरमा एक बिरामीको उपचारमा सहयोग गरेको दावी गर्ने गिभिना मगरले त्यहाँ कार्यरत नर्स र नर्सिङ पेशाप्रति नै आँच आउने गरी सामाजिक क्रियाकलाप गरेको भन्दै नर्सहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार र बुधबार माइतीघर मण्डलामा समेत गएर प्रदर्शन गरेका छन् ।

यस्तै उदयपुरमा आफूलाई सञ्चारकर्मीद्धावी गर्ने एक व्यक्तिले त्यहाँ कार्यरत सीअहेव माथि केरकार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । संघले यस्ता कार्यले स्वास्थ्यकर्मीको मनोवल र सुरक्षामा समेत असर पुग्ने बताएको छ ।

यस्तै संघले कर्मचारी समायोजनमा स्वास्थयकर्मीहरुको समायोजन अवैज्ञानिक र अव्यवस्थित भै हालसम्म पनि पूर्ण समायोजन भई नसकेको उल्लेख गर्दै यसलाई सुधार गरेर अघि बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ । उसले अधिकांश सथनीय तहमा स्वास्थ्यकर्मीहरुले नियमित रुपमा तलव भत्ता नपाएको भन्दै यस तर्फ पनि ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *