निजी मेडिकल तथा डेन्टल कलेजको सुझाव, ‘बार्षिक दुई सेसनमा विद्यार्थी भर्ना लिने व्यवस्था मिलाऔँ’

काठमाडौँ, ७ जेठ । निजी मेडिकल तथा डेन्टल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेजले चिकित्सा विधाका सम्पूर्ण कार्यक्रमलाई बार्षिक रुपमा दुई सेसनमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले आज एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘चिकित्सा शिक्षाका सम्पूर्ण कार्यक्रमलाई बार्षिक रुपमा दुई शैक्षिक सत्रमा सञ्चालन भएमा सरकारको नीतिमा उल्लेख गरेजस्तै सरकारी स्तरबाट मात्रै नभई निजी लगानीमा सञ्चालि मेडिकल कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुबाट समेत न्युनतम शुल्कको आधारमा जनताको सवस्थ्य उपचार गर्न सकिन्छ ।’

यस्तै नेपाल जस्तो गरीव मुलुकमा हाल स्नातक तहमा २२४९जनाले छात्रबृत्तिमा पढन पाइरहेको भन्दै बार्षिक दुई सेसन गरेमा त्यसको दोब्बर अर्थात करीव ४५०० जनाले छात्रबृत्तिमा पढ्न पाउने समेत उल्लेख गरिएको छ ।

अहिले नेपालमा सिट कन्ट्रोल गर्दा बार्षिक १५०० बढी विद्यार्थीहरु बाहिरिने गरको भन्दै त्यसबाट बार्षिक १५ अर्व बढी विदेशिने उल्लेख छ । एसोसिएसनले मेडिकललाई एक सय र डेन्टललाई ५० सिट भर्ना गर्ने पद्धतीको पनि विरोध गरेको छ । उसले बार्षिक दुई सेसन गर्ने र त्यसमा १०० सिटका दरले कोटा दिनु पर्ने उल्लेख गरेको छ ।

त्यसअघि एसोसिएसनले नेपालमा निजी क्षेत्रका कलेजहरुले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पुरयाएको योगदान, आर्थिक क्षेत्रमा योगदान, रोजगारीका क्षेत्रमा योगदानका विषय उल्लेख गरेको थियो ।

यस्तो छ एसोसिएसनले जारी गरेको विज्ञप्ती:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *