एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम पुन: लागु गरिदैं

सरकारी अस्पतालको ओपिडी विहान ८ देखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन गर्नु पर्ने

काठमाडौँ, ५ जेठ । सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा यसपटकको नीति तथा कार्यक्रममा पनि समावेस गरेको छ । यो अवधारणा विगतका नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश भएको विषय हो ।

केही अस्पतालले सो व्यवस्थालाई कार्यान्वयनको प्रयास समेत गरेका थिए । तर त्यसले निरन्तरता पाउन सकेन ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउने क्रममा यसपटक पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सुनिश्चता गरिने बताए । उनले सबै सामुदायिक अस्पतालमा विहान ८ देखि बेलुका ८ बजेसम्म ओपिडी सेवा अनिवार्य गरिने समेत नीति तथा कार्यक्रममा प्रस्तुत गरे ।

यस्तै नीति तथा कार्यक्रममा आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षाको अध्ययनमा अवसर दिइने छ समेत भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *