डाक्टरको घरमा मृत फेला परिन् नर्स

676
Shares


काठमाडौँ, १७ वैशाख । काठमाडौंको बोहराटारमा एक जना नर्स मृत फेला परेकी छन्।

डाक्टर प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै नर्स अनुमा  श्रेष्ठले शनिबार काठमाडौँ बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ।  लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ ।

एसपी रिजालका अनुसार अनुमा वीर अस्पतालमा स्टाफ नर्स पढाउँथिन्। सुजन ढकाल भने कान्ती बाल अस्पतालमा कार्यरत  डाक्टर हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *