बारा २ बाट पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव विजयी

132
Shares

काठमाडौँ, १३ वैशाख । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।

६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत प्राप्त गर्दा आम जनता पार्टीका अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका छन्।

गत मंसिर ४ को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित  यादव अन्ततः उपचुनावबाट सांसद बन्न सफल भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *