नेपाल भारत मैत्री संघ काभ्रे शाखाद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना

56
Shares

काठमाडौँ, ९ बैशाख । नेपाल भारत मैत्री संघ काभ्रे शाखाले शनिबार मण्डन देउपुर नगरपालिका सिपाघाट बजारमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा ५४ जनाले रक्तदान गरेका थिए ।

सोही अवसरमा मैत्री संघको नयाँ कार्यालय भवनको उद्घाटन समेत भएको छ ।

मैत्री संघ काभ्रेशाखाका अध्यक्ष विश्वराम श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बनेर संघका केन्द्रीय अध्यक्ष ओम प्रकाश सरावगीको पुगेका थिए ।

सो कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका उपमेयर बिष्णुमणी नेपाल, नेपाली कांग्रेस नगर सभापती कश्यप पौडेलले नेपाल भारत मैत्री सम्बन्ध जनस्तरमा समेत ब्यापक बनाउन काभे्र शाखालाई सफलताको लागि शुभकामना दिए । वडा अध्यक्ष सोमप्रसाद ढकालले उपस्थित आजीवन सदस्य र अतिथिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सरावगीले राजनैतिक रुपमा तटस्थ रही बिधानको अक्षरश पालना गर्दै बिपदमा परेका, पिछडिएका, बर्ग र जनजातीहरुको समग्र बिकासमा कार्य गर्न सफलताको कामना गरे । उनले काभ्रे शाखालाई केन्द्रबाट आबश्यक सहयोग हुने बताए ।

इन्द्रावती सामुदायिक सेवा केन्द्रको प्राङ्गणमा आयोजित कार्यक्रममा संघका आजीवन सदस्यहरुलाई संघको सदस्यता प्रमाण पत्र, लोगो र परिचयपत्र तथा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र रक्त दाताहरुलाई सम्ममान पत्र प्रदान गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *