सांसद न्यौपाने राष्ट्रपति चुनावमा मतदान गरेर फर्किँदै गर्दा लडेर घाइते

204
Shares

काठमाडौँ, २५ फागुन । राष्ट्रपति चुनावमा मतदान गरेर निस्किने क्रममा लडेर प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् ।

मधेस प्रदेशका सांसद न्यौपाने मतदान गरेर गेटबाट बाहिरिने क्रममा सिँढीमा लडेर घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि सिभल अस्पतालमा लगिएको छ ।

सांसद न्यौपाने सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट र्निवाचित सांसद हुन् । उनी नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *