अमेरिकामा ४ हप्ता यता एक लाखभन्दा बढी बालबालिकालाई कोरोना संक्रमण

104
Shares

काठमाडौँ, २४ फागुन । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्लबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

छिल्लो हप्तामात्र (मार्च २ सम्म)यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो ।यस अघिका हप्ताहरुमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने सङ्क्रमण भइ नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरुले कोभिडबाट सङ्क्रमित भएकाहरुको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *