आज पनि भेटिएनन् कोरोना संक्रमित

काठमाडौँ, २१ फागुन । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । सोही अवधीमा १ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हिजो पनि कोरोना संक्रमितको संख्या शून्य नै रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार २६४ जनाको पीसीआर र १ हजार ५२२ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा कोरोना संक्रमितको संख्या शून्य रहेको हो।
त्यस्तै, देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् । सबैजना होम आइसोलेसनमा रहेका छन् । आज ३ हजार ६५८ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ