काठमाडौँमा वायु प्रदूषण बढ्दै

32
Shares

काठमाडौँ, २१ फागुन । काठमाडौँ उपत्यकामा पछिल्ला चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको सूचकाङ्क (एक्यूआई) ले देखाएको छ ।

आईक्यू एयरका अनुसार उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ। एयरका अनुसार आइतबार बिहान काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको मापन यन्त्रले देखाएको वायु प्रदूषणको मात्रा १८४ यूएस एक्यूआई छ ।

त्यस्तै, रत्नपार्कको १७३, भक्तपुरको १७९, कीर्तिपुरको १६२, यूएस एक्यूआई देखिएको छ। बिहीबार १६५ यूएस एक्यूआई रहेकोमा शुक्रबार १६६, १६९ हुँदै आइतबार १८४ यूएस एक्यूआई पुगेको हो ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ। एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ। एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *