निजी अस्पतालहरुले स्वास्थ्य पत्रकारको उपचारमा सहुलियत दिने

काठमाडौँ, ६ फागुन । स्वास्थ्य पत्रकारहरुको उपचारमा अब देशभरका निजी अस्पतालहरुले सहुलियत प्रदान गर्ने भएको छ ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेल र एशोसिएशन अफ प्राइभेट हेल्थ इस्टिच्युसन अफ नेपाल(अफिन)का अध्यक्ष डा पदम खड्काबीच उपचारमा सहुलियत दिने सहित अन्य सहकार्यका विषयमा सम्झौँता भएको हो ।

यस्तै अफिनले स्वास्थ्य पत्रकार मञ्चका सदस्यहरुलाई मेडिकल पत्रकारिताबारे परामर्श तथा तालिमका लागि समेत सहयोग गर्ने प्रतिवद्धता गरेको छ।

यसअघि अफिनले स्वास्थ्य पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा बोल्दै अफिनका अध्यक्ष डा पदम खड्काले स्वास्थ्य पत्रकार मञ्चसंग सहकार्य गर्न पाउनु खुशीको कुरा भएको बताए ।

उनले भने, ‘देशमा स्वास्थ्य पत्रकारिताले गति लिएको छ, सांगठनिक रुपमा अघि बढेको छ । अव यसलाई थप व्यवस्थित र गुणात्मक बनाउन हाम्रो तर्फबाट थप तालिम, परामर्श लगायतका विषयहरु आवश्यकता हुनसक्छन्, त्यसका लागि हाम्रो तर्फबाट आवश्यक सहयोग हुने नै छ ।,’ उनले अफिनमा आवद्ध देशभरका निजी अस्पतालहरुले स्वास्थ्य पत्रकार मञ्च नेपालका सदस्यहरुलाई उपचारमा जाँदा सहुलियत प्रदान हुने समेत बताए ।

सो अवसरमा बोल्दै मञ्चका अध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य उपचार सेवामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले स्वास्थ्य पत्रकारहरुले निजी क्षेत्रले उपचार सेवामा पुरयाएको योगदानको निगरानी गर्दै गर्दा त्यहाँ हुने गरेका कमिकमजोरीको पनि निगरानी गरिरहने बताए । उनले सहुलियत र सहकार्य सम्वन्धी सम्झौँता प्रति समेत खुशी व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *