डाक्टर कुटने प्रहरी निलम्बित

काठमाडौँ, २८ माघ । राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरमाथि लाठी प्रहार गर्ने प्रहरी निलम्बित भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोशराज पोखरेका अनुसार बरिष्ठ हवल्दार गुरूङलाई निलम्बन गरी थप अनुसन्धानका लागि प्रक्रिया अघि बढेको छ।’
राष्ट्रपति सवारीका बेला ट्रमा सेन्टर अगाडी डिउटीमा खटिएका हवल्दार गुरुङले ट्रमा सेन्टरका डा जनिथलाल सिंहमाथि लाठि प्रहार गरेका थिए ।
शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्न गएकी थिइन्। सम्बोधन गरेर फर्किने क्रममा बाटो खाली गराइएको थियो।
त्यही बेला वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी प्रहार गरेको हो । लाठी प्रहारबाट डा सिंहको टाउकोमा चोट लागेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



