चिकित्सक संघको निर्वाचन : दोस्रो दिन खस्यो ९८५ मत

काठमाडौँ, २० माघ । नेपाल चिकित्सक संघको काठमाडौँ उपत्यकामा भएको निर्वाचनको दोस्रो दिन ९८५ मत खसेको छ।
काठमाडौँ उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभा कक्ष) मा बिहान १० देखि ५ बजेसम्म भएको संघको निर्वाचनमा दोस्रो दिन ९८५ मत खसेको हो। बिहीबार पहिलो दिन ५८९ मत खसेको थियो ।
काठमाडौँ उपत्यकामा बिहीबार देखि सुरु भएको निर्वाचन शनिबारसम्म चल्नेछ ।
यसअघि उपत्यका बाहिरका १६ वटा मतदान केन्द्रमा गत ६ र ७ माघमा मतदान सम्पन्न भइसकेको छ । जसमा कुल ३ हजार ६५० मत खसेको थियो।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



