सुर्खेतमा ५ जनामा दादुरा संक्रमण पुष्टि
सुर्खेत, १२ माघ । सुर्खेतमा ५ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । सुर्खेतका तीन पालिकाका ५ जनामा दादुरा संक्रमण पुष्टि भएको हो।
अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए ।
छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए। दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ ।
दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ। नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य राखेको थियो ।