चौबिस घण्टामा थप १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ७ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ७२७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २७ जना सक्रिय संक्रमित रहेका छन् ।