चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर आज पनि मतदान हुँदै

उपत्यका बाहिरका १६ वटा मतदान केन्द्रमा पहिलो दिन कति मत खस्यो ?

काठमाडौँ, ७ माघ । नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति छनौट गर्न हिजो देखि सुरु भएको काठमाडौँ उपत्यका बाहिरको मतदान आज पनि जारी रहनेछ ।

प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर रानाले आज पनि विहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म तोकिएका १६ वटा केन्द्रमा मतदान हुने बताए ।

मतदानको पहिलो दिन हिजो उपत्यका बाहिर कुल १ हजार आठ सय ७८ मत खसेको थियो ।

सबैभन्दा धेरै कोशीमा २ सय ९१ मत खसेको थियो । आज शनिबार भएकोले हिजोको तुलनामा बढी खस्ते निर्वाचन समितिले अनुमान गरेको छ ।

शुक्रबार कहाँ कति मत खस्यो ?
निर्वाचन समितिले दिएको जानकारी अनुसार भेरीमा ९८, चितवनमा २६०, दाङमा ४६, धरानमा १७२, गण्डकी २००, जनकपुरमा १५७, जुम्लामा २२, कोशीमा २९१, लहानमा २०, लुम्बिनीमा १३७, मेचीमा ९१, नारायणीमा २०२, पाल्पामा ३४, सगरमाथामा ४०, सेतीमा ७३ र सुर्खेतमा ३५ मत खसेको छ।

काठमाडौं बाहिर शुक्रबार र शनिबार मतदान हुने छ भने काठमाडौं भित्र यही १९, २० र २१ गते मतदान हुँदैछ।

निर्वाचनमा डा सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल प्रतिस्पर्धामा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *