नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड इन्टरनेशनलबीच आँखा उपचारका क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ, ६ माघ । नेपाल नेत्रज्योति संघ र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । शुक्रबार नेत्रज्योति संघको केन्द्रिय कार्यलयमा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त, महासचिव भरत बहादुर चन्द र हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलका तर्फबाट अध्यक्ष नारायण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालीहरुलाई सहज तथा सर्वसुलभ रुपमा आँखा उपचार सेवा प्रदान गर्ने मुख्य उद्देश्य सहित दुई संस्थाहरुका बिचमा एमओयु भएको हो । हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनलले नेत्रज्योति संघ द्धारा संचालित आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुलाई निःशुल्क रुपमा चस्मा उपलब्ध गराउने छ भने संघले उक्त चस्माहरु लक्षित बर्गलाई निःशुल्क वितरण गर्नेछ ।

दुई संस्थाहरुको सहकार्यबाट गरिबीको रेखामुनी रहेका नेपालीहरुले सहज र सरल रुपमा आँखा उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा संस्थाहरुको छ ।

नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

हेल्पिङ ह्याण्ड हेल्थ एजुकेशन इन्टरनेशनल अमेरिकाको क्लोराडोमा रहेको गैर नाफामुलक संस्था हो जसले नेपालमा रहेका अल्पसंख्यक समुदायहरुको स्वास्थ्य तथा शिक्षाको स्तर सुधारको क्षेत्रमा काम गरिरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *