चिकित्सक संघको निर्वाचन : काठमाडौँ उपत्यका बाहिर भोली देखि सुरु हुँदै
निर्वाचनको सबै तयारी पुरा : प्रमुख निर्वाचन अधिकृत डा. राना
काठमाडौँ, ५ माघ । भोलि देखि सुरु हुन लागेको नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन अन्तरगत भोलि र पर्सी (शुक्रबार र शनिवार) उपत्यका बाहिरका १६ वटा शाखामा निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले भोलिबाट सुरु हुन लागेको निर्वाचनको तयारी पुरा भएको बताए । उनले उपत्यका बाहिरका १६ वटा शाखाहरुमा ९ बजे देखि ४ बजे सम्म मतदान हुने जानकारी दिए । काठमाडौँ उपत्यकामा भने आगामी १९, २० र २१ माघ गरी तीन दिन निर्वाचन हुँदेछ ।
प्रमुख निर्वाचन अधिकृत डा रानाले यसपटकको निर्वाचनमा १२ हजार ८३५ जना चिकित्सकले सहभागिता जनाउन सक्ने बताए ।
उनले उपत्यका बाहिरका सबै निर्वाचनका लागि मतदान हुने स्थानहरुमा आवश्यक निर्वाचन अधिकृतको टोलीसहित निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए।
कहाँ कति छन् मतदाता ?
मेची शाखा, भद्रपुर – १६३
धरान शाखा, धरान – ४५९
कोशी शाखा, विराटनगर – ९१३
सगरमाथा शाखा, राजविराज – ७२
लहान शाखा, लहान – ५७
जनकपुर शाखा, धुनुषा, जनकपुर – ५२०
नारायणी शाखा, विरगंज – ५७०
चितवन शाखा, भरतपुर – ५९६
गण्डकी शाखा, कास्की, पोखरा – ४८३
पाल्पा शाखा, पाल्पा – ९०
लुम्बिनी शाखा, वुटवल – ४१६
दाङ शाखा, घोराही – १४९
सुर्खेत शाखा, सुर्खेत – ६४
भेरी शाखा, नेपालगंज – २६०
सेती शाखा, धनगढी – २८५
कर्णाली शाखा, जुम्ला – ५९
एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष (प्रदेश संयोजक) एक महासचिव, एक सहसचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष सहित १९ पदका लागि निर्वाचन तय गरिएको छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष, एक सहसचिव, एक सहकोषाध्क्ष सहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन् भने अध्यक्ष सहित १२ पदका लागि निर्वाचन हुदैछ।
यसपटकको निर्वाचनमा डा. सन्तोष पौडेलको अध्यक्षतामा पेशागत समावेशी समूह, डा. अनिलबिक्रम कार्कीको नेतृत्वमा लोकतान्त्रिक समूह र डा. शिवजी शिलवालको नेतृत्वमा स्वतन्त्र समूह गरी तीन वटा प्यानल चुनावमा होमिएको छ ।
सम्पर्क इमेल : [email protected]