चौबिस घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चौबिस घण्टामा थप १ हजार २ सय ९७ जनाको नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर ३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३१ जना आइसोलेसनमा र १ जना आइसीयूमा उपचाररत रहेका छन् ।