नेता वर्षमान पुनको स्वास्थ्यवस्थाबारे जानकारी लिन सुमेरु अस्पताल पुगे उपराष्ट्रपति

काठमाडौँ, ४ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।
सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता पुनलाई गत पुस ३० गते रोल्पाबाट हेलिकोप्टरमा ल्याएर सुमेरु अस्पताल भर्ना गरिएको थियो । उनी लामो समयदेखि  वंशाणुगत जण्डिसबाट पीडित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *