यस्तो रह्यो नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरी र राज्य मन्त्री डा. तोसिमा कार्कीको मन्त्रालय ‘ईन्ट्री’ (भिडियो सहित)

पदवहाली पछि यस्तो थियो स्वास्थ्य मन्त्री गिरी र राज्यमन्त्री कार्कीको प्रतिक्रिया

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री नेकपा एमाले र राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सूचना सोमबार बेलुका नै चुहिएको थियो । तर मन्त्री र राज्यमन्त्री फरक पार्टीलाई के देलान भनेर धेरैलाई यो सूचनाको विश्वास लागेको थिएन । विश्वास नलागे पनि भयो त्यै ।

मंगलबार विहान नेकपा एमालेका तर्फबाट पर्वत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पदम गिरी स्वास्थ्य मन्त्रीको रुपमा छानिए । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा तोसिमा कार्की राज्यमन्त्रीमा छानिईन् ।

सोमबार राती १० बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बाट बाहिरिदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले दिउसो १ बजे नयाँ मन्त्रीहरुलाई सपथ खुवाईने बताएका थिए । तर मंगलबार विहान फेरी सपथ साढे ११ बजेलाई तोकियो भन्ने खवर सार्वजनिक भयो । यद्धपी सपथ ग्रहणको कार्यक्रम सकिदा झण्डै साढे १२ बजेको थियो ।

स्वास्थ्य मन्त्री पदम गिरी र राज्यमन्त्री डा तोसिमा कार्की करीव १ बजे मन्त्रालय प्रवेश गरे ।  संगै थिईन स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि ।

सधै जस्तै नयाँ मन्त्री तथा राज्यमन्त्रीको स्वागतका मन्त्रालयका कर्मचारीहरु बुके लिएर प्रांङ्गणमा लामवद्ध भएका थिए । मन्त्री तथा राज्यमन्त्री दुबैले स्वागत ग्रहण गर्दै आ आफ्नो कार्यकक्षमा प्रवेश गरे ।

दुबैले सधै जस्तै स्वास्थ्यको एक महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरे र पदवहालीको औपचारिकता पुरा गरे ।

त्यसपछि सञ्चारमाध्यमलाई स सानो प्रतिक्रिया दिए ।

पदवहालीपछि सधै जस्तै मन्त्री,  राज्यमन्त्रीलाई मन्त्रालयको हलमा लगियो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वागत मन्तव्य दिए । डा कृष्ण पौडेलले नीतिगत योजना सुनाए । ट्रेड युनियनको तर्फबाट बसन्त श्रेष्ठले धारणा राखे ।

त्यसपछि स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आफ्नो भनाई राखिन् ।

त्यसपछि बोले स्वास्थ्य मन्त्री पदम गिरी । संविधानको धारा ३५ मा उल्लेखित स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्ने विषयमा केन्द्रीत थियो । आम जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको दुबैले बताएका थिए ।

त्यसपछि स्वास्थ्य सचिव गुरागाईँले कार्यक्रम समापन गरिन् ।

कार्यक्रम समापन लगत्तै मन्त्री गिरीले देशकै एक मात्र सरकारी केन्द्रीय बाल अस्पतालको आकस्मिक अनुगमनमा निस्किए । त्यहाँ पुगेर उनले अस्पताल प्रशासनलाई सेवा चुस्त राख्न निर्देशन दिए ।

निर्वाचन आयोगलाई पेश गरेको विवरणलाई आधार मान्ने हो भने नव नियुक्त स्वास्थ्य मन्त्री गिरीको उमेर ४५ वर्ष १० महिना ६ दिन पुगेको छ । यस्तै राज्यमन्त्री कार्कीको उमेर ३३ वर्ष ७ महिना २८ दिन पुगेको छ । यस हिसावले दुबै मन्त्रीहरुलाई युवा मन्त्री भन्न गाह्रो हुँदैन् । दुबैको काम गर्ने हुटहुटी साच्चिकै व्यवहारमा देखियो भने ‘लथालिंग’ देखिएको स्वास्थ्य सम्हालिन गाह्रो हुँदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *