वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल पुगे सुमेरू अस्पताल

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुमेरु अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् ।
स्वास्थ्यमा समस्या आएपछि पुन केही दिन अघि ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए । गृह जिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत शनिबार हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।
उनी लामो समयसम्म चीनमा उपचार गराएर गत पुस ५ गते स्वदेश फर्किएका थिए। उनी लामो समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



