चौबिस घण्टामा थपिए ५ जना कोरोना संक्रमित
काठमाडौँ, २ माघ। पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ जना संक्रमणमुक्त भएका छन् । हिजो आइतबार भने संक्रमितको संख्या शून्य रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चौबिस घण्टामा थप ९७२ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २५ जना सक्रिय संक्रमित रहेका छन् ।