त्रिवि शिक्षण अस्पतालमा कलेजोको नवौँ प्रत्यारोपण

336
Shares

काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार नवौँ कलेजो प्रत्यारोपण भएको छ । आठौँ प्रत्यारोपण भएको करीब नौ महिना पछि नवौँ प्रत्यारोपण भएको हो ।

कलेजो प्रत्यारोपण विज्ञ डा रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले करीव १२ घण्टा लगाएर ५२ बर्षका पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । ती पुरुषलाई उनका १९ वर्षका छोराले प्रत्यारोपणका लागि कलेजो दान गरेका थिए ।

डा भण्डारीले प्रत्यारोपण गराउने काठमाडौँ उपत्यका बाहिरका बिरामी भएको जानकारी दिए ।

‘हिजो विहान करीब ९ बजे देखि राती ९ बजेसम्म झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गर्यौँ । यो त्रिवि शिक्षण अस्पतालमा भएको नवौँ कलेजो प्रत्यारोपण हो । १९ वर्षका छोराको दाँया भागको कलेजे काँटेर ५२ बर्षको बाबुलाई प्रत्यारोपण गरिएको हो । अहिले दुबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ डा भण्डारीले भने ।

शिक्षण अस्पतालको प्रत्यारोपण कार्यलाई भारतको फोर्टिस अस्पतालको कलेजो प्रत्यारोपण विभागका विज्ञ चिकित्सकहरुको टोलीले प्राविधिक सहयोग गर्दै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *