चौबिस घण्टामा थपिए ९ जना कोरोना संक्रमित
काठमाडौँ, २९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार चौबिस घण्टामा थप १ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर २८ जना सक्रिय संक्रमित रहेका छन् ।