‘नेपाल फर्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो’ माघको ६ देखि ८ गतेसम्म

काठमाडौँ, २७ पुस । स्वास्थ्य उपचार तथा औषधि सम्वन्धी प्रदर्शनी नेपाल फर्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो को दोस्रो संस्करण आगामी माघको ६ देखि ८ गतेसम्म काठमाडौँमा हुने भएको छ । भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढि कम्पनीहरुको स्टल रहने बताइएको छ ।

यसपटकको प्रदर्शनीमा तीन विशेषताहरू पाइने आयोजकले बताएको छ । ती विशेषताहरु प्रदर्शनी, सम्मेलन र साझेदारी पर्ने उल्लेख छ ।

यी तीन विशेषताहरूलाई एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने बताइएको छ ।

। नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको छ । यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ र स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहने आयोजकको दावी छ ।

त्यसो त नेपालमा भित्रिने औषधोपचारका सामग्रीहरूमा भारत लगभग ८०% आयातको साझेदार हो, तसर्थ यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीप (अर्थात् भारतवर्ष)का विभिन्न सरोकारवालाहरूको ध्यानाकर्षण गर्न निकै मद्दत पुग्ने बताइएको छ । यस्तै नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसरहरू सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने दावी गरिएको छ ।

यो प्रदर्शनीेले विभिन्न देशका कम्पनिहरू र ब्राण्डहरू सहित बिजिनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने छ । यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाईमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन् ।

नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनीमा आउने चाहने इच्छुकहरूलाई प्रवेश निःशुल्क गरिएको छ ।

यो प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एम.एस.एस.) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा. लि. (इ.टि.एस.आइ.पि.एल.) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा. लि.को संयोजकत्वमा आयोजना हुन लागेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *