पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौँ, २७ पुस । मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन् । उनी २०६८ सालमा संंघीय सरकारका स्वास्थ्य राज्यमन्त्री भएका थिए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेश प्रदेशमा बहुमतका लागि ५४ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । केन्द्रमा संघीय सरकारका लागि बनेको सत्ता समीकरणअनुसार यादवलाई ६ वटा पार्टी र स्वतन्त्र गरी ६३ प्रदेश सभा सदस्य (सांसद) को समर्थन छ।

मधेस प्रदेश सभाका निवर्तमान सभामुख समेत रहेका यादवलाई उनको दल जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १–१ तथा स्वतन्त्र सांसदसहित ६३ सांसदको समर्थन छ।

यादव सोमबार मात्रै जसपा संसदीय दलको नेता चयन भएका थिए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *