स्वास्थ्य सेवा ऐन यसैपटक परिमार्जन हुने
काठमाडौँ, २६ पुस । स्वास्थ्य सेवा ऐन यसैपटक परिमार्जन हुने भएको छ । गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य सेवा ऐन २०५३ लाई परिमार्जन गर्न लागिएको हो ।
सरकारले सोमबार सार्वजनिक गरेको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा नयाँ संसदको पहिलो अधिवेशनबाट कम्तिमा एक दर्जन नयाँ ऐन तर्जुमा वा विद्यमान ऐनमा समयानुकुल परिमार्जन गर्ने उल्लेख छ । त्यसमा स्वास्थ्य सेवा ऐन पनि परेको छ ।
अहिले देशमा २६ वर्ष अघि बनेको ऐन अनुसार काम भइरहेको छ । सो ऐन बीच बीचमा केही संसोधन गरेर काम चलाइएको छ। देश संघीय संरचनामा जाँदै गर्दा स्वास्थ्य ऐन अन्तरगर्त भइरहेका काम संघीय निजामती सेवा ऐनबाट समेत हुँन थालेको छ ।
स्वास्थ्य क्षेत्रका जानकारहरुले भने स्वास्थ्य सेवा ऐन समयानुकुल परिमार्जन नहुँदा समस्या भएको बताउँदै आएका थिए । सोही अनुसार यसपटक परिमार्जन गर्न लागिएको हो ।
यस्तै यसैपटकको अधिवेशनले विश्व विद्यालय छाता ऐन, सार्वजनिक खरीद ऐन, संघीय निजामती सेवा ऐन लगायतका ऐनहरु पनि नयाँ तथा परिमार्जन गरिने बताइएको छ ।
सम्पर्क इमेल : [email protected]