गण्डकीका मुख्यमन्त्री अधिकारीको पहिलो निर्णय : प्रदेश भरका सबै जिल्ला अस्पतालमा डायलायसिस सेवा बिस्तार गर्ने

पोखरा, २५ पुस । गण्डकी प्रदेशका नव नियुक्त मुख्य मन्त्री खगराज अधिकारीले पहिलो निर्णय स्वास्थयको विषयमा गरेका छन् । सोमबार मुख्य मन्त्री कार्यालयमा पदवहाली गर्ने क्रममा मुख्य मन्त्री अधिकारीले प्रदेशका भित्रका सबै जिल्ला अस्पतालहरुमा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेका हुन् ।

यस्तै अर्को निर्णयमा प्रदेशमा सुशासन र सेवा प्रभावहरुलाई चुस्त बनाउनका लागि तुरुन्तै एउटा कार्यदल बनाउने र सो कार्यदललार्य १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । यसैगरी शहीद प्रति सम्मान र निर्वाचनमा खटिने प्रति धन्यवाद दिने अर्को निर्णय गरेका छन् ।

करीव ८ वर्ष अघि संघीय सरकारको स्वास्थ्य मन्त्री हुँदा अधिकारीले स्वास्थ्यमा धेरै सुधारका कामहरु गरेका थिए । प्रदेशको नेतृत्व सम्हाल्दै गर्दा कतिपयले उनीले स्वास्थ्यलाई प्राथमिकता दिने अनुमान गरेका थिए । अनुमानलाई सही सावित गर्दै उनले पहिलो निर्णय नै स्वास्थ्यको विषयमा गरेका छन् ।

‘स्वास्थ्य र सुशासनको विषय मेरो प्राथमिकतामा पर्छ नै । संगसंगै अरु विषय पनि प्राथमिकतामा पर्दछन्,’  मुख्य मन्त्री अधिकारीले नेपाली हेल्थसंग भने । उनले बनेका कानूनको कार्यान्वयन र अपुग कानून बनाएर आफू अघि बढ्ने समेत बताए ।

६० जना सांसद रहेको गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अधिकारीलाई ३३ सांसदको समर्थन छ ।

एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरूङ ‘दीपक मनाङे’को समर्थन छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर