स्वास्थ्य समूहका ११ जना कर्मचारी एघारौँ तहमा बढुवा

काठमाडौँ, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूह अन्तरगतका विभिन्न उपसमूहका ११ जना कर्मचारीहरुलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । यसै साता बसेको बढुवा समितिको बैठकले चिकित्सक, नर्सहरुलाई बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार डा बिजय थापालाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन सर्जनको रुपमा एघारौँ तहमा बढुवाको सिफारिस भएको छ । यस्तै डा लिपा बैद्यलाई प्रमुख कन्सलटेन्ट साइक्रयाटिकमा बढुवाका लागि सिफारिस भएको छ ।

यसैगरी प्रमुख कन्सलटेन्ट रेडियालोजिष्टको रुपमा एघारौँ तहमा दुई जनाको बढुवाको सिफारिस भएको छ । त्यसरी सिफारिस हुनेहरुमा डा सुरेश थापा र डा प्रशान्त खतिवडा रहेका छन् ।

यस्तै प्रमुख कन्सलटेन्ट इएनटी सर्जनमा डा विक्रम बुढाथोकी, प्रमुख कन्सलटेन्ट पेडियाट्रिक मेडिसिनमा डा शैलेश ठाकुर , प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्टमा डा रेश्मा श्रेष्ठ, प्रमुख कन्सलटेन्ट गाइनोकोलोजिष्टमा निर्मला लक्ष्मी श्रेष्ठ बढुवा भएका छन् ।

यसैगरी प्रमुख अस्पताल नर्सिङ प्रशासक मा हिराकुमारी निरौला, प्रमुख कन्सलटेन्ट डेन्टल सर्जनमा डा प्रमोदकुमार कोइराला र प्रमुख मेडिकल ल्याव टेक्नोलोजिष्टमा श्रवणकुमार मिश्र बढुवामा सिफारिस भएका छन् ।

बढुवा समितिले गत साता मात्रै पाँच जनालाई एघारौँ तहमा बढुवा गरेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *