शुक्रबार देखि प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुँदै

460
Shares

काठमाडौँ, २१ पुस । भोली (शुक्रबार) देखि लतिलपुरको गोदावरीमा स्तरको प्रथम डेण्टल एक्स्पो तथा कन्फ्रेन्स (नेपडेण्ट) हुने भएको छ ।
दन्त सामग्री वितरकहरुको संघले नेपाल डेण्टल एशोसिएसनको सहकार्यमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको नेपडेण्ट एक्स्पो तथा कन्फ्रेन्स हुन लागेको हो।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । सम्मेलन २२ देखि २४ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

नेपडेण्ट गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ। दन्त सामग्री वितरकहरुको संघको एक्स्पो र नेपाल डेण्टल एशोसिएसनको कन्फ्रेन्स एकै पटक हुन लागेको हो।

सो एक्स्पोमा ७० बढी स्टल रहने र १ सय भन्दा बढी ब्राण्डका सामग्रीहरु राखिने दन्त सामग्री वितरकहरुको संघका अध्यक्ष शालिकराम अर्यालले जानकारी दिए।

संगसंगै हुने कन्फ्रेन्समा ५ विदेशी र १३ नेपाली विज्ञहरुले प्रस्तुति दिने बताइएको छ । एसोसिशनका केन्द्रीय सदस्य डा हरि वलीले नेपाल सहित, भारत, बंगलादेश, चीन लगायतका राष्ट्रबाट पनि विज्ञहरु सहभागी बताए ।

एक्स्पोमा करिब ३५ सय जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *