चिकित्सक संघ निर्वाचन : डा. अनिलबिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले सार्वजनिक गर्‍यो १७ बुँदे एजेन्डा

काठमाडौं १५ पुस । आगामी माघमा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनमा डा अनिल बिक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूहले समावेशी समूहले सत्र बुँदे एजेन्डा अघि सारेको छ । लोकतान्त्रिक समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी एजेन्डा सार्वजनिक गरेको हो ।

चिकित्सकहरुको तलव बृद्धिका लागि दवाव सिर्जना गर्ने, सबै चिकित्सकलाई सबै बीमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने, वान टाइम टीडीएसको व्यवस्था गर्ने जस्ता अजेन्डा छन् ।

यस्तै चिकित्सक र उनीहरुको परिवारका लागि छुट्टै डेडिकेटेड अस्पताल निर्माणका लागि पहल गर्ने, ड्युटी आवर व्यवस्थित तथा फोर्स लिभको लागि पहल गर्ने, चिकित्सा सेवा आयोग स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने लगायतका विषयहरु छन् । यस्तै ह्युमन रिसोर्स म्यापिग गरी दरबन्दी थप गर्ने, स्वास्थ्यकर्मीको सुुरक्षा सम्वन्धी ऐन सतप्रतिशत कार्यान्वयन गराउने, अस्पताल लगायतका स्वास्थ्य संस्थामा छुट्टै सुरक्षा बल स्थापना गर्ने लगायतका विषयहरु राखिएका छन् ।

यो समूहले उठाएका कतिपय अजेन्डा डा सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सार्वजनिक गरेको अवधारणा पत्रसंग समेत मेल खाएको छ । डा कार्कीले समूह फरक हुँदैमा चिकित्सकका मुल मुद्धाहरु फरक नहुने बताए । ‘खासमा हामीले गर्ने भनेका कामहरु पनि सबै चिकित्सक र स्वास्थ्य क्षेत्र सुधारकै लागि भनेर हो । त्यसैले मुद्धा एउटै हुनसक्छ तर त्यो कसले पुरा गर्न सक्छ । कसले पहल कदमी लिएर टुंगोमा पुरयाउन सक्छ त्यो ठूला कुरा हो,’ एजेन्डा सार्वजनिक समारोहमा डा कार्कीले भने ।

त्यसो त यसपटकको निर्वाचनमा लोकतान्त्रिक समूहका ७ जना पदाधिकारीहरु निर्विरोध भइसकेका छन् ।

त्यसरी निर्विरोध हुनेहरुमा बरिष्ठ उपाध्यक्ष पदमा डा बद्री रिजाल, प्रदेश नं १ का उपाध्यक्ष डा विपेश आचार्य, लुम्बिनी प्रदेशका उपाध्यक्ष डा नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेशका उपाध्यक्ष डा केशरबहादुर ढकाल रहेका छन् ।

यस्तै कोषाध्यक्ष प्रमोद जोशी, सह सचिव डा लिजन महर्जन र सह कोषाध्यक्ष डा बिक्रान्त ढकाल पनि निर्विरोध भइसकेका छन् ।

सो समूहबाट उम्मेद्धारी दिएका मध्ये अध्यक्ष डा कार्की, मधेश प्रदेशका उपाध्यक्ष डा निरजकुमार सिंह, बागमतीका उपाध्यक्ष डा प्रकाश बुढाथोकी, गण्डकीका डा राजन शर्मा र सुदूरपश्चिमका डा प्रशान्त भट्ट प्रतिस्पर्धामा छन् । यस्तै महासचिवमा उठेका डा सञ्जीव तिवारी, सदस्यहरु डा अमित रञ्जन मिश्र, डा किशोर खत्री, डा मनोरदिन सैयद, डा सृजना विष्ट, डा तेजसुुसिंह मल्ल र डा योभिनकुमार यादव निर्वाचन प्रतिस्पर्धामा छन् ।

आजको कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले यो समूहले पहिले देखि नै जित्दै आएको र धेरै कामहरु गरेको बताउँदै त्यसको निरन्तरताका लागि पनि भोट हाल्नुपर्ने बताए । उनले आफ्नो नेतृत्वको तीन वर्षे कार्यकालमा धेरै काम भएको दावी गरे ।

कार्यक्रममा डा केदारनरसिंह केसीले लोकतान्त्रिक समूहलाई अत्यधिक मत दिएर जिताउन आग्रह गरे । डा बद्री रिजाल र डा लिजन महर्जनले आफूहरुलाई निर्विरोध बनाइदिएकोमा खुशी व्यक्त गर्दै प्रतिस्पर्धामा रहेका आफ्ना टीमका सदस्यहरु पनि बिजयी हुने दावी गरे ।

यस्तो छ १७ बुँदे एजेन्डा :


प्रतिवद्धता पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *