चौबिस घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ८८१ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २९ रहेको छ ।