चिकित्सक संघ निर्वाचन : डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सार्वजनिक गर्‍यो सात बुँदे अवधारणा पत्र

पेशागत समावेशी समूहको अवधारणापत्र यस्तो छ :

काठमाडौँ, १२ पुस ।  आगामी माघमा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समिति २०७९ – ०८२ निर्वाचनमा डा. सन्तोष पौडेल नेतृत्वको पेशागत समावेशी समूहले सात बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ । सो समूहले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेद्धारहरुलाई परिचय गराउँदै अवधारणा पत्र सार्वजनिक गरेको हो ।

सुरक्षित पेशा खुशी चिकित्सक नारा अघि सारेर प्रस्तुत गरेको अवधारणा पत्रमा चिकित्सक एक र भूमिका अनेक हुने भन्दै विशिष्टिकृत चिकित्सा सेवाका लागि छुट्टै चिकित्सक सेवा ऐन चाहिने उल्लेख छ । यस्तै सो समुहले पढाईमा सधै अब्बल कमाईमा कहिले हुने सवल भन्ने अर्को एजेन्डा राखेको छ ।

यस्तै सबै डाक्टर एक पटक सरकारी डाक्टर भन्ने थिममा सबै डाक्टरलाई रोजगारी र १० वर्षमा घरगाडीको अर्को एजेन्डा अघि सारेको छ । यसैगरी बैज्ञानिक डिउटी आवर, अनिवार्य फोर्स लिभ, एक चिकित्सक एक स्वास्थ्य संस्था, चिकित्सा शिक्षा सुधार र रोजगारीको अवसर र संघीयताम कार्यान्वयनको आधार एनएमएमा संगठनात्मक सुधार लगायतका एजेन्डा छन् ।

सो अवसरमा बोल्दै अध्यक्षको उम्मेद्धार डा पौडेलले नेपाल चिकित्सक संघलाई स्वास्थ्य क्षेत्रको थिङ्क ट्याक्टको रुपमा विकसित गर्ने योजना भएको सुनाउँदै यसपटक आफ्नो समूहलाई विजयी गराउन अनुरोध गरे । उनले ७२ वर्षको ईतिहास बोकेको संस्था चिकित्सक संघले चिकित्सक र समग्र स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न सक्ने भएपनि पछिल्ला नेतृत्वहरुले यसलाई क्लव जस्तो बनाएको आरोप लगाए ।

पेशागत समावेशी समूहबाट अध्यक्षमा डा पौडेल छन् भने उपाध्यक्षहरुमा मधेश प्रदेशबाट डा महेश महासेठ, बागमतीबाट डा सञ्जय ठाकुर, गण्डकीबाट डा विकास गौचन र सुदूरपश्चिमबट डा निरज अर्याल उठेका छन् । सो समूहबाट महासचिव पदमा डा रक्षा श्रेष्ठको उम्मेद्धारी परेको छ । सदस्यहरुमा डा अभियान गौतम, डा रामकृष्ण आचार्य, डा पदम नेपाली, डा रमेश श्रेष्ठ, डा स्मृति महत र डा सुरेन्द्र यादव रहेका छन् ।

 

पेशागत समावेशी समूहको अवधारणापत्र यस्तो छ :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *