‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । यो संगै दाहाल नेपालको ४४ औँ प्रधानमन्त्री बनेका छन् ।

यसअघि नेपाली कांंग्रेस नेतृत्वको गठबन्धन रहेका दाहाल प्रधानमन्त्री पदमा कुरा नमिलेपछि एकाएक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग नयाँ गठवन्धनका लागि बालकोट पुगेका थिए । त्यहाँ उनले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

दाहालले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले जानकारी दिए ।

दाहाल यसअघि २०६५ र २०७३ मा ९/९ महिना प्रधानमन्त्री बनेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *