बाल गायक सचिन परियारको त्रिवि शिक्षण अस्पतालमा उपचार

आइसीयूको भेन्टिलेटर सपोर्टमा उपचार पछि स्वास्थ्य अवस्थामा सामान्य सुधार

काठमाडौँ, १० पुस । टिकटकबाट भाइरल भएका बाल गायक सचिन परियार केही दिन यता गम्भीर बिरामी परेका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

स्वासप्रश्वास सम्वन्धी गम्भीर समस्या भएपछि उनलाई आइसीयूमा भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । त्यसो त उनमा पिसाव सम्वन्धी पुरानो समस्या समेत बल्झेको छ । त्यसको पनि संगसंगै उपचार भइरहेको उल्लेख गरिएको छ ।

अस्पतालका प्रवक्ता डा रामबिक्रम अधिकारीले बालक परियारको केही दिन देखि भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको बताए । यद्धपी उनले स्वास्थ्य सुधारोन्मुख भएको समेत जानकारी दिए ।

‘उनलाई ‘रेस्परेटरी डिस्ट्रेस’ भन्छौँ स्वासप्रश्वास सम्वन्धी समस्या त्यसमा पनि आफै स्वासप्रश्सावमा कठिनाई भएर यहाँ ल्याइएको हो । त्यसैले आइसीयूमा भेन्टिलेटर सर्पोटमा राखेर उपचार गरिएको छ । त्यसबाहेक पिसाव सम्वन्धी समस्या पनि रहेछ । अरु पनि केही समस्या भएको उपचारमा सम्लग्न टोलीले बताउनु भएको छ ।  त्यसैले भेन्टिलेटरमै राखेर उपचार गर्नु पर्ने अवस्था आएको हो । तर अहिले सुधार भएको जानकारी आएको छ । यस्तै सुधार कायम रहे केही दिनमा भेन्टिलेटर हटाउन सकिने चिकित्सकहरुले बताउनु भएको छ,’ उनले भने ।

टिकटकबाट भाइरल भएका सचिन केही म्युजिक भिडियो तथा टेलिफिल्महरुमा समेत देखा परेका थिए । उनले केही लोक तथा दोहोरी गीत समेत गाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *