कोभिडको नयाँ भेरियन्ट बीएफ. ७ हालसम्म नेपालमा देखिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ पुस । सरकारले छिमेकी मुलुकमा देखिएको कोभिड १९ को नयाँ भेरियन्ट बी.एफ. ७ को संक्रमण नेपालमा हालसम्म नदेखिएको बताएको छ । अरु भेरियन्ट भन्दा तिब्र रुपमा संक्रमण गर्ने यो भेरियन्ट छिमेकी मुलुक चीन तथा भारतमा देखिएको छ ।

स्वास्थ्य मनत्रालयले आज विज्ञप्ती जारी गर्दै हालसम्म यो भेरियन्ट नदेखिएको बताएको छ । यद्धपी खुल्ला सिमाना र मानिसको आवात जावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको उल्लेख गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले आज जारी गरेको विज्ञप्तीमा थप सतर्कता अपनाउनुपर्ने बेला आएको भन्दै स्वास्थ्यको मापदण्ड पालना गर्न भनेका छन् । मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, नियमित सावुन पानी तथा सेनिटाइजरले हात धुने, बुस्टर डोज लगाउन छुटेकाहरुले त्यसलाई पुरा गर्न भनेका छन् ।

उनले सिमा नाका तथा अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने यात्रुको ज्वरो नाम गर्ने, शंकास्पद व्यक्तिको एन्टीजेन टेष्ट र जीन सिक्वेन्सिङ गर्ने कार्य भइरहेको समेत उल्लेख गरेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *