लामो समय देखि सम्पर्कविहीन भएका १२ जना स्वास्थ्यकर्मीको खोजी गर्दै वीर अस्पताल

तीस दिन भित्र सम्पर्कमा नआए कानून अनुसार कारवाही गर्ने चेतावनी

काठमाडौँ, ३ पुस । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)  र कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तरगतको वीर अस्पतालले आफ्ना केही स्टाफहरु लामो समय देखि हराएको भन्दै खोजी सुरु गरेको छ ।

अस्पतालले न्याम्स अन्तरगत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । उसले लामो समय देखि विदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै सूचना जारी गरेको हो ।

तोकिएको अवधीमा उपस्थित नभए प्रतिष्ठानको (कर्मचारी सेवाका सर्त तथा सुविधा सम्वन्धी) नियमावली, २०६५ को नियम १३३ को उपनियम (घ) बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । न्याम्सले सूचना जारी गरेका स्टाफहरुमा रजिष्ट्रार/ ट्युटर डा. सृष्टि शाह र स्टाफ नर्सहरु (पाँचौँ तहका) जमुना सिटौला, ओमदेवी पुन, शान्ति लम्साल, सम्झना श्रेष्ठ र सुशीला ढकाल रहेका छन् ।

यस्तै युनिफाइड केन्द्रीय अस्पताल अन्तरगर्तको वीरमा कार्यरत अरु छ जनाको नाममा पनि तीस दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । त्यसरी सूचना जारी भएका स्वास्थ्यकर्मीहरुमा अनमीद्धय छैटौँ तहका साहिदा सुब्बा र अनिता बसेल रहेका छन् ।

यस्तै पाँचौँ तहका स्टाफ नर्सहरु सकिला चौलागाईं, अन्जुकला राई, सरस्वती अर्याल र रेणुका अधिकारीलाई पनि तीस दिन भित्र हाजिर हुन आउन भनेको छ ।

सूचनामा तोकिएको अवधीमा उपस्थित नभए स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (ज) बमोजिम कारवाही हुने उल्लेख गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *