गुणस्तरहीन औषधि उत्पादन गरेको भन्दै क्युरेक्स फर्मास्युटिकल्सको लाइसेन्स खारेज

268
Shares

काठमाडौँ, २६ मंसिर । हुनु पर्ने गुणस्तर नभएको भन्दै औषधि व्यवस्था विभागले एक नेपाली औषधि उद्योगले उत्पादन गरेको औषधिको बजार बिक्री वितरण दर्ता प्रमाणपत्र रद्ध गरेको छ ।

विभागले बनेपा १० काभ्रेमा फ्याक्ट्री रहेको क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको माई भिट सी ब्राण्डनेम भएको .एस्कर्विक एसिड (भिटामिन सी) आईपी ५०० ग्रामको औषधिको विक्री बितरण दर्ता प्रमाणपत्र (मार्केट लाइसेन्स) रद्ध गरेको हो ।

विभागले त्यसअघि माई भिट सी ब्राण्डनेम भएको एस्कर्विक एसिड (भिटामिन सी) आईपी ५०० ग्राम)को विभिन्न ब्याचहरु राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।

परीक्षणका क्रममा तोएिको गुणस्तर नपाइएपछि ९ मंसिरमा विभागीय निर्णय गर्दै औषधिको मार्केट लाइसेन्स रद्ध गरिदिएको हो । सोमबार त्यसबारे जारी सूचनामा तोकिएको गुणस्तर नपाइएपछि औषधि ऐन २०३५ को दफा २० (४) बमोजिम औषधि बजार विक्री वितरण दर्ता प्रमाणपत्र रद्ध गरिएको उल्लेख छ ।

एस्कर्विक एसिड (भिटामिन सी) खासगरी क्यान्सर तथा मिर्गौला रोगबाट समस्या भएका बिरामीहरुलाई दिईने गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *