थप ५ जनामा कोरोना संक्रमण, ५१ सक्रिय संक्रमित

काठमाडौँ, २३ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ९२५ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५१ रहेको छ ।


Leave a Reply

Your email address will not be published.